मिस कोशीको चौथौं संस्करण भदौ २३ गते शुक्रबार सम्पन्न भएको छ। विराटनगरको बिरेन्द्र सभा गृहमा सम्पन्न कार्यक्रममा १३ जना प्रतिस्पर्धी मध्ये प्रिया खड्का 'मिस कोशी २०१७' घोषित भएकी छन्। फस्ट रनर अप मोनिका देवकोटा र सेकेण्ड रनर अप विना तामा बन्न सफल भएकी छन्।
मिस कोशीले नगद २५ हजार रुपैयाँ र विन्दयवासीनी म्यूजिक प्रा.लि.ले २ वटा म्यूजिक भिडियोमा खेल्ने र कन्ट्रोल ल्यूब्रीकेन्टको १ वर्ष ल्यूब्रीकेन्ट प्राप्त गरेकी छन्।
साथै अक्वा पावर गार्ड, जानकी वाटर टेंक, पामाकेयर द्वारा गिफ्ट हयाम्पर प्रदान गरिएको छ । फस्ट रनर अपलाई १५ हजार रुपैयाँ र विन्दयवासीनी म्यूजिक प्रा.लि.ले १ वटा म्यूजिक भिडियोमा खेलाउने छ। साथै अक्वा पावर गार्ड, जानकी वाटर टेंक, पामाकेयरद्वारा गिफ्ट हयाम्पर प्राप्त गरेका छन् ।
यसै गरि सेकेण्ड रनर अपलाई ११ हजार रुपैयाँ र विन्दयवासीनी म्यूजिक प्रा.लि.ले १ वटा म्यूजिक भिडियोमा खेलाउने छ। साथै अक्वा पावर गार्ड, जानकी वाटर टेंक, पामाकेयर द्वारा गिफ्ट हयाम्पर प्राप्त गरेका छन्।
कार्यक्रममा विराटनगर महानगरपालिका मेयर भिम पराजुली प्रमुख अतिथि थिए। त्यसै गरी जजको रुपमा गायक राम कृष्ण ढकाल, पवन सरडा, मुकेश उपाध्यय(भटट्राई), किरण कर्ण, नवनिता रिजाल र उद्घोषकमा दिनेश डिसी रहेका थिए।