अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनिरहेको फिल्म 'झरीपछिको इन्द्रेणी' को अस्ट्रेलिया वितरण अधिकार बिक्री भएको छ।
अष्ट्रेलियामा रहेका राम कार्कीले फिल्मको अस्ट्रेलिया राइट्स किनेका हुन्। उनका अनुसार फिल्म नेपालसँगै अष्ट्रेलियाका प्रमुख सहरहरूमा एकसाथ रिलिज गरिनेछ।
उनले भने, 'यो फिल्म अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ।'
फिल्ममा दीपाश्री निरौला, गणेश उप्रेती, निर्मल शर्मा, रमेश उप्रेती, प्रियाना आचार्यलगायत कलाकारहरूको अभिनय रहनेछ।
बालेन शाहको र्याप रहने चर्चाका कारण पनि 'झरीपछिको इन्द्रेणी' को थप चर्चा भइरहेको छ।
अहिले यो फिल्मको छायांकन चलिरहेको छ।