अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म 'जदौ' मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन्।
निर्माणपक्षले उनलाई फिल्मको प्रमुख अभिनेत्रीका रूपमा अनुबन्ध गरेको हो।
काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक अभिनेतामा यसअघि नै मुकुन भुसाल अनुबन्धित भइसकेका छन्।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन्।
भदौं पहिलो साताबाट दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा फिल्मको छायांकन गरिने जनाइएको छ।
सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले 'जदौ' को निर्देशक तथा बाँकी कलाकार, प्राविधिकबारे केही दिनमा जानकारी दिने बताएकी छिन्।
नीतिको कुरा गर्दा 'खजुरे ब्रो' बाट फिल्ममा डेब्यु गरेकी उनी पछिल्लो समय 'नरसिंहा अवतार' मा देखिएकी थिइन्। यो फिल्ममा उनी अभिनेता राजेश हमालको जोडी बनेकी थिइन्।