फिल्म 'लाज शरणम्' को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ।
कुमार कट्टेलको निर्देशनमा बनेको फिल्मले हलमा प्रदर्शनको ५१ औं दिन मनाएपछि बल्ल ट्रेलर युट्युबमा ल्याइएको हो।
फागुन १४ गते रिलिज फिल्मले राम्रो कमाइ गर्दै १३ वटा हलमा ५१ दिन मनाएको थियो। अहिले पनि फिल्म केही हलमा प्रदर्शनरत छ।
फिल्म रिलिज भएर भएर लामो समय चलेपछि ट्रेलर ल्याइएको यो सम्भवतः पहिलो नेपाली फिल्म हो।
फिल्म रिलिजअघि विवादमा तानिदा ट्रेलर सार्वजनिक गरिएको थिएन्।
पूर्वमन्त्री अफताव आलमले फिल्ममा आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरूद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। त्यसपछि उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सर हुनुअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो। सोहीकारण केही समय फिल्मको प्रचारप्रसार रोकिएको थियो।
सेन्सर बोर्डले फिल्म रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि प्रदर्शनको बाटो खोलिदिएको थियो। त्यसपछि रिलिज नजिकिएकाले ट्रेलर सार्वजनिक गरिएको थिएन्।
'लाज शरणम्' कर्णालीको कथामा बनेको फिल्म हो।
यसमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य लगायतको अभिनय छ।
नविन श्रेष्ठ निर्माता रहेको फिल्मको सह–निर्माता सिर्जना खड्का र राम नरेश शाह तथा कार्यकारी निर्माता अर्जुन घिमिरे (पाँडे) हुन्।
भिडिओः