अभिनेत्री नीति शाहले विवाह गरेकी छन्। उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन्।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरूको विवाह भएको हो।
'मिस नेपाल इन्टरनेशनल २०१७' को उपाधि चुमेकी नीति 'खजुरे ब्रो' बाट फिल्ममा डेब्यु गरेकी हुन्। तर यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन।
उनी अभिनीत दोस्रो फिल्म 'ज्वाइँ साब' दसैंमा प्रदर्शन भएको थियो। यसले बक्स अफिसमा सुखद व्यापार गरेको थियो।
उनी अभिनीत पछिल्लो फिल्म 'नरसिंहा अवतार' आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ।