टेलिभिजन शो 'कमेडी नाइट विथ च्याम्पियन्स' फागुन २० गतेबाट प्रसारणमा आउने भएको छ।
१७ गतेदेखि शोको छायांकन सुरू गर्ने र २० गतेदेखि दर्शकमाझ ल्याउन लागिएको निर्देशक विशाल भण्डारीले जानकारी दिए।
दीपाश्री निरौला अध्यक्ष रहने शोको होस्ट निर्देशक विशाल स्वयंले गर्नेछन्।
यसअघिको 'कमेडी क्लब विथ च्याम्पियन' नाममा परिवर्तन गरेर नयाँ नाम र संरचनासहित शो ल्याउन लागिएको हो।
शोमा कमेडियनहरू सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौंडेल, पवन भट्टराई, कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइराला, सन्तोष थापा र प्रभात लामाको प्रस्तुति रहनेछ।
थ्री–प्रोडक्सनको निर्माण गर्न लागेको शो हिमालय टेलिभिजन र ओएसआर रियालिटीमा हेर्न सकिनेछ।