तिहारको लक्ष्मीपूजामा रिलिज फिल्म 'पूर्ण बहादुरको सारंगी' ले आक्रामक व्यापार गरिरहेको छ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले पाँच दिनमा ४ करोड ८७ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ।
फिल्मले सोमबारसम्म उक्त कलेक्सन गरेको हो।
रिलिजको दिन दर्शक अकुपेन्सी कम रहे पनि फिल्मले शनिबारदेखि पिकअप लिएको थियो। फिल्मको व्यवसायमा यसको बलियो 'वर्ड अफ माउथ' को साथ मिलेको छ।
फिल्म हेर्न दर्शकको चाप बढेसँगै शोमा भारी वृद्धि गरिएको छ।
गन्धर्व समुदायको कथामा निर्माण भएको फिल्मको शीर्ष भूमिकामा विजय बराल छन्। साथमा प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, अलिशा बास्तोला, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, माओत्से गुरूङ, जान्वी पौडेल, स्वयंम केसी लगायत कलाकारहरूको अभिनय छ।
'पूर्ण बहादुरको सारंगी' लाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको मान्यता दिइसकेको छ।