बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन्।
मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
फिल्मको प्रिमियर भोलि हुँदैछ। प्रिमियरमा नवाजुद्दीन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।
फिल्मले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथा प्रस्तुत गर्छ। थिन्ले ल्हामो, सोनम तोप्देन, कार्म लगायतले फिल्ममा अभिनय गरेका छन्।
'शाम्बाला' विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रापछि घरेलु दर्शकमाझ प्रदर्शनमा आउन लागेको छ। फिल्म भदौ २८ गते रिलिज हुँदैछ।
तस्बिरहरूः
-1725701060.jpg)
-1725701060.jpg)
-1725701061.jpg)
-1725701060.jpg)
-1725701062.jpg)
-1725701062.jpg)
-1725701062.jpg)
-1725701062.jpg)