पी.के. फिल्मस्को प्रस्तुतीमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड म्युजिक भिडिओ रिलिज भएको छ।
गायक शिव परियार र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत गत शनिबार भब्य कार्यक्रमबीच सार्वजनिक गरिएको थियो। रविमान सिंह बस्न्यातले लेखेको गीतमा टिका बम्जनले संगीत भरेका हुन्। गीतलाई साहस शाक्यले एरेञ्ज गरेका हुन्।
‘हेरेर तिमीलाई...,’ बोलको गीतको म्युजिक भिडिओलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। रोमान्टिक लभस्टोरी गीतको म्युजिक भिडिओमा पल र कवितालाई रोमान्स गरेका छन्।
फिल्मी शैलीमा तयार भएको म्युजिक भिडिओलाई लुम्बिनीमा ३ दिन लगाएर खिचिएको थियो।
म्युजिक भिडिओलाई अर्जुन तिवारीले खिचेका हुन्, भने इडिट र कलर मिलन विश्वकर्माको रहेको छ।