गायकद्वय रचना रिमाल र बसन्त सापकोटाको स्वरमा 'सुनन पियारी' बोलको गीत सार्वजनिक भएको छ। गीतमा गायक बसन्त सापकोटाले नै शब्द र संगीत भरेका छन्।
भिडिओमा सृष्टि खड्का, सुधिर श्रेष्ठ र सुजाता पाण्डेको अभिनय तथा प्रस्तुति देख्न सकिन्छ।
भिडिओ नौलो तरिकामा प्रस्तुत गरिएको छ जुन ब्ल्याक एन्ड ह्वाइटमा देख्न सकिन्छ।
निशान कश्यपको कन्सेप्ट तथा निर्देशनमा तयार भएको यो म्युजिक भिडिओमा उत्सव ढकालको सिनेमाटोग्राफी छ।
यो गीत सोमबार बसन्त सापकोटाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।