गायकद्वय मेलिना राई र किरण भुजेलको स्वरमा म्युजिक भिडिओ 'गुलेलीमा' सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको गीतमा तारा अधिकारीको शब्द छ।
भिडिओमा नाजिर हुसेन र जेबिका कार्कीको 'केमेस्ट्री' देख्न सकिन्छ।
शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडिओ अर्जुन तिवारी र उनकाे समूहको सिनेमाटोग्राफीमा तयार भएको हो।
म्युजिक भिडिओ आइतबार 'सुनौलो तारा' युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।