गायक बुद्ध लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
'हुन्न हुन्न, हुँदै हुन्न' बोलको गीतमा बुद्धसँग सज्जा चौलागाईंले सहकार्य गरेकी छन्। गीतमा टिका दाहालको संगीत छ भने रमेश दाहालको शब्द छ।
बुद्ध लामा र मालिका महतको नृत्य तथा प्रस्तुति भिडिओमा देख्न सकिन्छ। भिडिओमा युवायुवतीको माया देखाइएको छ। झरीको मौसममा दुईबीच कसरी भेट गर्ने भन्ने विषयमा छलफलसँगै गीतमा शब्द भरिएको छ।
भिडिओ सुबोल थापाले कोरियोग्राफी गरेका हुन्। यसमा गम्भीर विष्टको निर्देशन छ भने नवराज उप्रेतीको सिनेमाटोग्राफी छ।
याे गीत मंगलबार बुद्ध लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
बुद्ध लामा रियालिटी सो 'नेपाल आइडल' सिजन-१ का विजेता पनि हुन्।