नायिका नीता ढुंगानाको स्वरमा ‘नेपाली गणेश भजन’ सार्वजनिक भएको छ। शनिबार युट्युब च्यानल 'नवनिता इन्टरटेन्टमेन्ट' मार्फत भजन सार्वजनिक भएको हो। भिडिओ रामजी लामिछानेले निर्देशन गरेका छन् भने सन्जय लामाको छायांकन रहेको छ।
भिडिओमा नायिका नीतासँगै सुनिल सिटौला, अम्सु पोखरेल, अनिता बजागाईं, भवानी बजागाईं, शान्ता मगर लगायतको प्रस्तुति देख्न सकिन्छ।
गणेश मन्त्रको पुरानो शब्द रहेको यो भजन ७ मिनेट बढी लामो छ। यसमा दिनेश न्यौपानेले संगीत भरेका छन्। झन्डै २४ घण्टामा भिडिओले १ लाख बढी भ्युज कमाएको छ।