'द कार्टुन क्रू'ले नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेको छ। अन्जु पन्त र बिकेन ल्वागुनको स्वरमा रहेको 'शङ्का' बोलको गीत मङ्गलबार कार्टुन क्रूको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा गायक बिकेन ल्वागुनले संगीत दिएका छन्। गीतमा राम अविरल विष्टको शब्द छ भने ज्ञानेन्द्र शर्मा हुमागाईंको सिनेमेटोग्राफी रहेको छ। क्रूका सदस्य सरोज अधिकारीद्वारा निर्देशित यो भिडिओ उनकै कन्सेप्टमा तयार भएको हो। यसमा सरोज र अर्का क्रू सदस्य आश्मा विश्वकर्माको कोरियोग्राफी छ।
प्राय: नयाँ कन्सेप्ट र संगीतमा 'द कार्टुन क्रू' प्रस्तुत हुदै आएको छ। यस पटक पनि सरोज र आश्माको जोडीले भिन्नै 'क्यारेक्टर'मा आफ्नो प्रस्तुति दिएका छन्।