शास्त्रीय गायक पंडित जसराजको अमेरिकाको न्यूजर्सीमा सोमबार बिहान निधन भएको छ। ९० वर्षका उनको हृदयका कारण निधन भएको हो। भारतको हरियाणामा २८ जनवरी १९३० मा जन्मेका जसराज मेवाती घरानाका नामूद गायक हुन्। सांगीतिक परिवारमा जन्मेका उनले आठ दशकभन्दा लामो समय संगीतमा बिताएका थिए।
भारतीय शास्त्रीय संगीतलाई देश विदेशमा फैलाउन योगदान दिएका उनको निधनपछि भारतीय प्रधानमंत्री नरेंद्र मोदीले शोक व्यक्त गरेका थिए। गत अप्रिलमा उनले हनुमान जयंतीको दिन फेसबुक लाइभ मार्फत वाराणसीको संकटमोचन हनुमान मंदिरका लागि प्रस्तुति दिएका थिए। यही नै उनको अन्तिम प्रस्तुति थियो।
गत अगस्टमा इन्टरनेशनल एस्ट्रोनोमिकल यूनियन (आइएयू) ले सौरमण्डलमा एउटा सानो ग्रहको नाम उनको नामबाट राखेको थियो। यो सम्मान पाउने उनी पहिलो भारतीय कलाकार हुन्। उनले भारतको पद्म श्री, पद्म भूषण र पद्म विभूषणलगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका थिए।