गायिका अन्जु पन्त र प्रताप दासको स्वरमा 'सयौं जुनी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। म्युजिक भिडिओमा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ। नेपाली सिनेमा क्षेत्रका यी दुईको 'केमेस्ट्री' लाई दर्शकले मन पराउँदै आएका छन्।
'सयौं जुनी' निकेश खड्काको निर्देशनमा तयार भएको हो। गीतमा पुनम मोथेले शब्द रहेको छ भने सरोज पोखरेलले संगीत दिएका छन्। गीत सोमबार युट्युब च्यानल 'ओएसआर डिजिटल' मार्फत सार्वजनिक भएको हो।