शान्ति सदाको स्वरमा नयाँ तीज गीत 'यसपालिको तीजमा घुमाइदेउ न पशुपति' सार्वजनिक भएको छ। सन्तोष गुरुङ (शान्ता) को निर्देशनमा तयार यो गीतमा शब्द र संगीत गुरुशरण सदाले दिएका छन्। गीतको शब्दले यसपालिको तीजमा पशुपति दर्शन गराइदिन माग राखेको छ। महङ्गा गर-गहना र श्रृङ्गार भन्दा साधा दैनिकीमा श्रीमान-श्रीमतीको माया र आपसी बुझाइ रहे नै दम्पती खुशी हुने सक्ने भाव गीतले व्यक्त गरेको छ। तीजको माहोलमा महिला दिदी-बहिनी थप उत्साहित हुने विषय पनि गीतको बोलले सम्बोधन गरेको छ।
अदित्य ठकुरी र संगिता वाइवा तामाङको प्रस्तुति रहेको यो गीतको भिडिओमा हिरा तामाङ, कोपिला थामी, करुणा तामाङ, सुरट विष्ट सरोबर, सन्तोष कार्की लगायतको नृत्य तथा अभिनय रहेको छ। भिडिओमा राम कृष्ण चौलागाईंको सिनेमेटोग्राफी रहेको छ भने सन्तोष गुरुङ (सान्ता) को कोरियोग्राफी छ।
'यसपालिको तीजमा घुमाइदेउ न पशुपति' म्युजिक भिडिओ शनिबार युट्युब च्यानल 'सरन इन्टरटेन्टमेन्ट' बाट सार्वजनिक भएको हो। शान्तिका यसअघि 'अविर लगेबै गालमे गोरकी...', 'छोड्के नाईं जाउ दोहा कतार', तोहरे भरोसे ब्रह्मबाबा जिझिया बनौलियौ हो लगायत मैथली भाषामा थुप्रै गीत बजार भित्र्याएकी छिन्।
सिराहाकी शान्ति सदाले 'द भ्वाइस अफ नेपाल सिजन २- २०१९' को मञ्चमा रश्मी दत्तको मैथिली बोलमा 'सलहेश' गीत प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा गीतसँगै प्रतिस्पर्धा अघि नपुगे पनि उनले स्रोता दर्शकको मन राख्न भने सफल थिइन्।