‘उकालीको वर पिपलमा भारी बिसाउने चौतारी
ए साइँली जीवन बिसाउने छ कि छैन कोइ दौतरी..’
युवा गायक सुनिल गिरीको नयाँ गीत सार्वजनिक भएको छ।
सुनिलले 'ए साइँली' गीत उनकै अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरेका हुन्।
सुनिल गिरीकै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडिओमा पेमा शेर्पाको सँगै उनी आफैंले अभिनय गरेका छन्।
तनहुँ सेखाटार आसपासको प्राकृतिक सुन्दरता गीतमा देख्न सकिन्छ।
भिडिओको दृश्यांकन अनिल कृष्ण मानन्धरले गरेका छन्। भिडिओको दृश्य सम्पादन मनोज कार्कीले गरेका छन् भने निर्देशन स्वयम् सुनिल गिरीले गरेका छन्।