एभरेस्ट महिला भलिबल लिगले दोस्रो संस्करणको लागि सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’लाई आधिकारिक इन्टरटेनमेन्ट पार्टनरको रूपमा घोषणा गरेको छ।
लिग भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुँदैछ।
टिकटकसँगको सहकार्यले नेपालको महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको जोश, र लिगको रोचक माहोललाई डिजिटल दुनियाँसम्म पुर्याउने लिगको लक्ष्य छ।
टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले लिगसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित भएको बताएका छन्।
‘नेपालको राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन, महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने ऐतिहासिक अवसरको रूपमा हेरिरहेका छौ। लिग एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं,’ उनले भने।
लिगकी सिइओ स्नेभी चापागाई भन्छिन्, ‘यो एक गेम चेन्जर साझेदारी हो। टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ।’
टिकटकसँगको सहकार्यमा टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री, इन्ष्ट्राग्राम-टिकटक च्यालेन्ज, भलिबल स्टारसँग कन्टेन्ट क्रिएटर सहकार्य, डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू दिइनेछ। साथै स्टेडियममा टिकटक जोन हुनेछ जहाँ दर्शकहरूले आफै भिडियो बनाउन सक्नेछन्।