एभरेष्ट महिला भलिबल लिगको टोली मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतिकमा समेटेको छ। नयाँ लोगो हरियो रङ रहेको छ।
खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ।
यसको चारै तिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ।
लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो। मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।
मधेश टिम
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद, नेहा ठगुन्ना
प्रशिक्षकः कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह