इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको अक्सनको तयारी पूरा भएको छ।
ऐतिहासिक अवसन कार्यक्रम साउन २ गते सोल्टी होटलमा दिउँसो ३ बजे देखि सुरु हुनेछ।
गत वर्ष पहिलो पटक महिलाको फ्रेन्चाईज लिग एभरेष्ट महिला भलिबल लिग सफलतापूर्वक आयोजना भएको थियो। त्यसैको निरन्तरता स्वरुप यस वर्ष दोस्रो संस्करण आगामी भदौमा आयोजना हुँदैछ ।
अक्सनमा सहभागी ६ फ्रेन्चाइजले खेलाडीहरुमाथि बोली लगाउँनेछन् र आफ्नो अनुकुलको खेलाडी लिनेछन्।
लिगको दोस्रो संस्करणमा साविक विजेता कर्णाली वसविस, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, मधेश युनाईटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले प्रतिस्पर्धा गर्नेछन्।
अक्सनमा कूल ६८ खेलाडी समावेश छन्। उनीहरुलाई ए, बी र सी क्याटेगोरीमा विभाजन गरिनेछ ।
हरेक टिमले अक्सनबाट क्याटेगोरी ए बाट १, क्याटेगोरी श्री बाट ३२ क्याटेगोरी सी बाट २ खेलाडी अनिवार्य लिनुपर्नेछ ।
क्याटेगोरी ए मा १३ खेलाडी छन्। जसबाट हरेक टिमले १-१ मार्डी खेलाडी छनोट गरेपछि अक्सनका लागि ७ खेलाडी उपलब्ध हुनेछ। यस्तै क्याटेगोरी बी मा ४३ खेलाडी छन्। क्याटेगोरी सी मा १८ खेलाडी छन्। अनसोल्ल भएका खेलाडीहरु स्वत: एक क्यारागोरी घटुवा हुनेछन्।