माल्दिभ्समा १७ देखि २३ जुलाईसम्म हुने काभा च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक गरिएको छ।
क्लबस्तरीय प्रतियोगितामा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबसहित काजखस्ताको झाएक भिसी, बिस्केक-किर्गिस्तान, माल्दिभ्सको क्लब एचडीसी, माल्दिभ्सकै धिवेही सिफैन्जे क्लब र श्रीलंका स्पोर्ट्स अथोरिटीबीच प्रतिस्पर्धा हुनेछ।
नेपालको हेल्प नेपालले पहिलो खेल १७ जुलाईमा धिवेही सिफैन्जे क्लबसँग खेल्नेछ। यस्तै जुलाई १८ मा दोस्रो खेल क्लब एचडीसँग खेल्नेछ। तेस्रो खेल १९ जुलाईमा बिस्केक-किर्गिस्तानसँग खेल्नेछ।
चौथो खेल २१ जुलाईमा झाएक भिसीसँग र २२ जुलाईमा श्रीलंका स्पोर्ट्स अथोरिटीसँग अन्तिम खेल हुनेछ।
लिग चरणको शीर्ष दुई टोलीबीच २३ जुलाईमा उपाधि भिडन्त हुनेछ।
हेल्प नेपाल टिम
सुवास कुँवर – कप्तान
विष्णुबहादुर क्षेत्री
सफल विक
चिरन्जिवि खड्का
विनोद बहादुर चन्द
याम बहादुर भण्डारी
मनिष मानन्धर
सन्तोष राई
रविन चन्द
रविन नगरकोटी
उस्मान
मोहम्मद आसिफ नाभिद
अफिसियल
प्रशिक्षक : उत्सव खड्का
सहायक प्रशिक्षक : सुजन केसी
सहायक प्रशिक्षक : राजन कुमार उपाध्याय
पूरा खेल तालिका
