इन्फिनिटी ड्रीम्स प्रालिले एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको मिति घोषणा गरेको छ।
दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुने भएको हो।
मितिलाई नेपाल भलिबल संघले औपचारिक रूपमा स्वीकृति प्रदान गरेको आयोजकको भनाइ छ।
साथै प्रतियोगिताको तयारी अघि बढाइएको छ।
पहिलो संस्करणको लिगमा ६ टोली भिडेका थिए।