एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ।
केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा एपीएफले नेपाल आर्मीलाई २५–२३, २५–२३, १३–२५, १४–२५ र १५–९ ले पराजित गर्यो । एपीएफकी निरुता ठगुन्ना ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । दुई खेलमा आर्मीको भने लगातार हार हो ।
पहिलो दिन बुधबार आर्मी न्यु डायमन्डसंग ३–१ ले पछि परेको थियो । नेपाल प्रहरी क्लबले पहिलो जित दर्ता गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले साविक विजेता न्यु डायमन्डलाई १८–२५, २५–२२, २५–२२ र २५–१८ को सेटमा हरायो । पहिलो खेलमा प्रहरी एपीएफसंग ३–१ ले चुकेको थियो ।
दुई खेलमा न्यु डायमन्डको पहिलो हार हो । प्रहरीकी कोपिला राना ‘प्लेयर अफ दि म्याच’ बनिन् ।
प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल हुनेछ । पहिलो खेलमा प्रहरीले आर्मीको सामना गर्ने छ भने दोश्रोमा न्यु डायमन्डले एपीएफ विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।