द भेलोसिटी स्कूलले आयोजना गरेको प्रथम भेलोसिटी अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल प्रतियोगिताको उपाधि विद्यावाणी पाठशालाले जितेको छ।
भदौ २१ र २२ गते भएको प्रतियोगितामा कुल १६ वटा विद्यालयका टोलीहरूले सहभागिता जनाएका थिए।
जसमा विद्यावाणी पहिलो हुँदाख्रीष्टियन कम्युनिटी स्कूल दोस्रो स्थानमा रह्यो भने तेस्रो स्थान ब्रह्मकुञ्ज शिक्षा सदनले हासिल गर्यो।
यसका साथै, अक्षरा स्कूलले फेयर प्ले अवार्ड प्राप्त गर्यो।
कार्यक्रमको समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान तथा खेलाडी एन्जिला तुम्बापो सुब्बाको विशेष उपस्थिति रहेको थियो। उनले प्रतियोगिताको भव्यता र आयोजक स्कूलले खेलकुद विकासका लागि चालेका कदमहरूको प्रशंसा गरिन्।
यस्तै अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक तथा प्रशिक्षक अशोक खड्का विशेष अथितिको रुपमा उपस्थित हुँदै कार्यक्रमको प्रशंसा गरे।
कार्यक्रममा द भेलोसिटी स्कूलका प्रिन्सिपल रेखा खनालले विजेता टोली, उत्कृष्ट किपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालगायत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिन्।