नेपाल रग्बी संघको आयोजनामा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ।
सिरिजमा रग्बी सेभेन्सका २ तथा फिफ्टिन्समा १ खेल हुने आयोजक संघका अध्यक्ष दिपक देवकोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
भदौ ३० गते रग्बी सेभेन्सका २ खेल हुनेछ। रग्बी फिफ्टिन्सको खेल भदौ ३१ गते खेलाइने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको छ।
सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो ।