बौद्ध अन्तर्राष्ट्रिय विद्यालय (बिआइएस) को आयोजनामा भइरहेको आठौं बिआइएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगितामा आयोजक टोली अन्तिम आठमा पुगेको छ।
ब्वाइजअन्तर्गत प्रि-क्वार्टरफाइनलमा आयोजक बौद्धले चेल्सी वर्ल्ड स्कुललाई ४७-२३ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो।
यस्तै मातृभूमीले पनि अन्तिम आठमा स्थान बनायो। उसले चाँदबागलाई ६९-२७ अंकले पराजित गरेको हो।
ब्वाइजमै प्रिमियरले मेरिडियनलाई ५४-१५ ले हराएर प्रि-क्वार्टरफाइनलमा स्थान बनायो भने अक्षरिकाले एकता जेम्सलाई ४९-३३ पाखा लगायो।
गर्ल्समा समूहको खेलमा ड्राफोडिलले बौद्धलाई २७-१० ले हरायो।
यो सिजन २५ विद्यालयले प्रतियोगितामा भाग लिएका छन्। १९ दिन चल्ने प्रतियोगिता २१ ब्वाइज टिम र १६ गर्ल्स टिमले भाग लिएका छन्।
गत वर्षको विल्सन एकेडेमी (ब्वाइज) र एनसीसीएस (गर्ल्स) ले उपाधि जितेका थिए।
यो वर्ष विजेता र उपविजेता टिमसहित सर्वोत्कृष्ट खेलाडी (एमभीपी), सर्वाधिक स्कोरकर्ता र फेयर प्ले टिमलाई पुरस्कृत गरिनेछ।