नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ।
त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे।
नगरपालिकाले वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि दिने सम्झौता भएको महासचिव श्रेष्ठले जनाएकी छन्।
प्राप्त जग्गामा हक्कीको रंगशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षण स्थल निर्माण गर्ने महासचिव श्रेष्ठले बताइन्।
१ हजार क्षमताको प्यारापिट बनाइने जनाइएको छ।