बौद्ध अन्तर्राष्ट्रिय विद्यालय (बिआइएस) को आयोजनामा भइरहेको आठौं बिआइएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगिताको तेस्रो दिन ब्वाइजतर्फ आयोजक टोली विजयी भएको छ।
आयोजकको ‘बी’ टोलीले मेडिडियनलाई २४-२२ को प्रतिस्पर्धात्मक स्कोरमा पराजित गर्यो।
अर्को खेलमा प्रिमियरले पनि उत्कृष्ट जित निकाल्ने क्रममा ड्राफोडिलमाथि ३८-३५ ले विजयी भयो।
यता गर्ल्सतर्फ चेल्सी वर्ल्ड स्कुलले चाँदबागलाई २२-१८ ले हरायो। संस्कृति इन्टरेशनल स्कुल ले ड्राफोडिलमाथि १३-१२ रोमाञ्चक जित निकाल्दा मेरिडियनले बाल संसारलाई १४-४ ले हरायो।
यो सिजन २५ विद्यालयले प्रतियोगितामा भाग लिएका छन्। १९ दिन चल्ने प्रतियोगिता २१ ब्वाइज टिम र १६ गर्ल्स टिमले भाग लिएका छन्।
गत वर्षको विल्सन एकेडेमी (ब्वाइज) र एनसीसीएस (गर्ल्स) ले उपाधि जितेका थिए।
यो वर्ष विजेता र उपविजेता टिमसहित सर्वोत्कृष्ट खेलाडी (एमभीपी), सर्वाधिक स्कोरकर्ता र फेयर प्ले टिमलाई पुरस्कृत गरिनेछ।