मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा नेपालका अशोक खड्का उत्कृष्ट रेफ्री घोषित भएका छन्।
शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको यो प्रतियोगिता अशोकले खेलहरू सञ्चालन गरेका थिए। जसमा अशोक उत्कृष्ट रेफ्री भएका हुन्।
प्रतियोगितामा नेपाल चार खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीन खेलाडीले स्वर्ण जितेका थिए। केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहराले स्वर्ण जित्दा सन्दीप बस्नेतले रजत हात पारेका थिए।
मलेसियामा खेल सञ्चालन गरेपछि अशोक अब अस्ट्रेलिया जानेछन्। त्यहाँ उनले चार विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
उनले अस्ट्रेलियामा हुने विश्व वरीयता जी-३ डब्लुटी प्रेसिटेन्ड कप ओसियना, डब्लूटी प्रेसिटेन्ड कपमा जी-३ को पारातर्फको प्रतिस्पर्धा, विश्व वरीयता जी-२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनर गरी चार वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न लागेका हुन्।
उनले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाको प्रतिस्पर्धाका खेल सञ्चालन गर्नेछन्।
खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्। नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन्।