नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।
उनले अस्ट्रेलियामा हुने विश्व वरीयता जी-३ डब्लुटी प्रेसिटेन्ड कप ओसियना, डब्लूटी प्रेसिटेन्ड कपमा जी-३ को पारातर्फको प्रतिस्पर्धा, विश्व वरीयता जी-२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनर गरी चार वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न लागेका हुन्।
उनले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाको प्रतिस्पर्धाका खेल सञ्चालन गर्नेछन्।
यी चार वटा प्रतियोगिता अगस्ट १४ देखि १७ सम्ममा अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रंगशालामा हुँदैछन्। यी प्रतियोगितामा अशोक यसअघि पनि निर्णायक रहिसकेका छन्।
अस्ट्रेलियामा तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्नुअघि उनले मलेसियामा हुने अर्को प्रतियोगितामा निर्णायक भएर काम गर्नेछन्।
अगस्ट ९ र १० मा मलेसियाको क्वालालम्पुरमा हुने मलेसियन ओपन तेक्वान्दो प्रतियोगितामा उनी निर्णायकको भूमिकामा हुनेछन्।
त्यसका लागि अशोक शुक्रबार मलेसिया जाँदैछन्। उनी मलेसियाबाटै अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ।
खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन्।