पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठ र खेलाडी विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन्।
हाम्रो खेलकुदले दशौं वार्षिकोत्सवको अवसरमा अवार्ड दिएको हो। स्थापनाको दश वर्ष पूरा भएको अवसरमा हाम्रो खेलकुदले वर्ष खेलाडी अवार्ड तथा हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरेको थियो।
सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्य पदक जितेका थिए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे । पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा पनि २५ हजार रुपैयाँ पाइन।त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष सम्मान गरिएको थियो ।
कन्क्लेभमा पहिलो सेसनमा ‘नेपाली खेलकुदमा महिला सहभागिता : लगानी, अवसर र सफलता’ शीर्षकमा तेक्वान्दोकी आयशा शाक्य, राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ र करातेकी पदकधारी खेलाडी एरिका गुरुङले आ-आफ्नो धारणा राखेका थिए।
दोस्रो सेसन हाम्रो खेलकुदको सम्पादक प्रकाश तिमल्सिनाले ‘नेपाली खेलकुदमा यवुा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकमा मोडरेट गरे ।
उक्त सेसनमा पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र एफसी चितवनका अध्यक्ष सचिन ढकालले आ-आफ्नो अभिव्यक्ति दिए ।