नेपाली ई-स्पोर्ट्स टोली होर ई-स्पोर्ट्सले साउदी अरेबियामा भएको पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकपमा नवौं स्थान हात पारेको छ।
फाइनल चरणमा भिडेका १६ टोलीमा होरले नवौं स्थान हात पारेको छ। जितसँगै उसले १ लाख २७ हजार ५ सय अमेरिकी डलर (एक करोड ७८ लाख रुपैयाँ) हात पारेको छ।
अन्तिम चरणको प्रतिस्पर्धामा म्यानमारको वाइजी पहिलो भएको छ भने चीनको डब्लूबिजीले दोस्रो स्थान हात पारेको छ।
विश्वकपमा खेलको होर ई-स्पोर्ट्सको पब्जी टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरेका थिए।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर ई-स्पोर्ट्स विश्वकपमा छनोट भएको थियो।
कुल पुरस्कार झण्डै ४१ करोड रुपैयाँ प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गरेको छ।