एसियाली बक्सिङ कन्फडरेशन (एएसबिसी) को आयोजनामा थाइल्यान्डको राजधानी बैंककमा जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेका छन्।
नेपाली मुक्केवाज रानाले ५० केजी तौलसमूहमा साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० अंकको आधारमा जित हासिल गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन्।
रानाले क्वाटर्फाइनलमा भुटानी मुक्केवाजसँग प्रतिस्पर्धा गर्नेछन्। भुटानी बक्सरलाई पराजित गरेमा नेपालले अप्रिलले कम्तीमा कास्य निश्चित हुनेछ।
अगष्ट १ मा सम्पन्न खेलहरुमा यू– १९ को खेलमा सेरफ शेर्पा ६० केजी तौलसमूहमा फिलिपिनी मुक्केवाजसँग आरएसीसीका आधारमा पराजित भए
आइबिए थ्रीस्टार कोच दिपक महर्जनको नेतृत्वमा ४ मुक्केवाज सहित ५ सदस्यीय नेपाली राष्ट्रिय बक्सिङ टोली जुलाई ३० मा बैंकक पुगेको थियो।
प्रतियोगितामा २५ राष्ट्रका ५ सय भन्दा बढी खेलाडी सहभागी छन् ।