ग्राण्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आइ टिएफ/एटिएफ अन्तगर्ग टेनिस टु युरोपमा नेपाली खेलाडी शिवाली गुरुङ सहभागी हुँदैछन्।
१४ वर्ष मूनिको उमेर समूहमा शिवालीले फ्रान्समा जुलाई १४ देखि २० तारिखसम्म हुने ओपन स्टेट फ्राकाइस र २१ देखि २७ तारिख सम्म हुने टेनिस युरोप सहभागिता जनाउनेछन्।
यस्तै जर्मनीमा जुलाई २८ देखि ३ अगष्ट सम्म हुने इन्टरनेश्नल डेउटसी उनी भिड्नेछन्। त्यसपछि अगष्ट ४ देखि १० तारिख सम्म बेल्जियममा हुने योङ च्याम्पियनशिप कपमा भाग लिने छन्।
यस प्रकारको प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको गुरुङका प्रशिक्षक प्रदिप खड्काले जानकारी दिएका छन्।
एशियन च्याम्पियनशिपमा प्रथम हुदै १४ बर्ष मुनीको उमेर समुहमा एशियामा चौथौ र्याङकमा रहेकी गुरुङ पहिलो नेपाली खेलाडी हुन जसले पहिलो पटक जीएसपीडीपी/आई टि एपएटी एफ युरोप कपमा भाग लिन लागेकी हुन्।
गुरुङलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित मंगलबार विदाइ गरे।