२१औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
जेठ ९ देखि ११ गतेसम्म हुने च्याम्पियनसिपमा नेपालका सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ ले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ छन्। यस्तै प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ र टोली व्यवस्थापकमा किशोर भट्टराई छन्।
नेपाली खेलाडी तथा अफिसियललाई सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित गरे।
नेपाली टोली उज्वेकिस्तानमा हुने प्रतियोगितामा भाग लिने मंगलबार जानेछ।