नेपालले छैटौं एसियालीमहिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जितेको छ।
नेपालसँगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन्।
चीनमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो।
ईरानको राजधानी तेहरानमा सम्पन्न प्रतियोगितामा भारतले उपाधि जित्यो।
ईरान उपविजेता भयो। एसियाली महिला कबड्डी प्रतियोगिता २०६० सालदेखि सुरु भएको कबड्डी संघले जनाएको छ।