नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा सम्पन्न भएको छ ।
संघकै आयोजनामा चैत २ गते सोही स्थानमा हुने सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी रेफ्री सेमिनार सञ्चालन गरिएको हो ।
एकदिने सेमिनारमा १५ रेफ्री सहभागी थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय निर्णायकत्रय आयोजक संघका अध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरले व्यहारिक र सैद्धान्तिक पक्ष बारे ज्ञान दिएका थिए ।
सेमिनारमा रिङ रेफ्री र साइड रेफ्रीको भूमिका, ‘डे«स कोड’, परिवर्तित नयाँ नियमलगायतका बारे जानकारी गराइएको थियो । सो अवसरमा सहभागीलाई निष्पक्षता र अनुशासनमा विशेष ध्यान दिन सुझाइएको थियो ।
सहभागीलाई अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, महासचिव मगरसहित संघका उपाध्यक्ष रमेश महर्जन, सदस्यद्वय सुजन कक्षपति र शेरबहादुर गुरुङले शनिबारै एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।