नेपालकी सरिना घलेले डब्लुएमएसी इङलिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।
‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै सरिनाले स्वर्ण जितेकी हुन् ।
इङल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेपन फममा सरिनाले स्वर्ण जितेको नेपाल उमा
कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् । तेश्रो डान सरिनाले ९.१ अंक जोडिन् । इङल्यान्डकी एमिली जेन दोश्रो भइन्।
प्रतियोगितामा करिब ८ सय खेलाडीको सहभागित रहेको बताइएको छ । अध्यक्ष राईका अनुसार सरिना विगत १ वर्षदेखि युकेमै अध्ययनरत छिन् ।