नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्कालाई मातृशोक परेको छ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोट निवासी खड्काकी आमा अम्बिका खड्काको निधन भएको हो।
पारिवारीक स्रोतका अनुसार ६८ वर्षीय अम्बिकाको शनिबार निधन भएको हो। उनी फोक्सोको समस्याबाट पीडित थिइन्।
अशोक खड्का खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका उनले झण्डै तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन्।