नेपाल ब्याडमिन्टन संघ (एनबिए) दुई ओलम्पिक सोलिडारिटी कोचिङ कोर्सहरू सुरु गर्ने भएको छ।
बिडब्लूएफ लेभल १ र लेभल २ कोचिङ कोर्सहरू अक्टोबर २५ देखि नोभेम्बर ९, २०२४ सम्म नेपाल ओमलम्पिक कमिटीको भूकम्प मेमोरियल कभर्ड हल, डल्लुमा सञ्चालन हुनेछन्।
लेभल-२ कोचिङ कोर्स, अक्टोबर २५ देखि नोभेम्बर १, २०२४ (९-१६ कार्तिक) सम्म चल्नेछ। जसमा लेभल-१ प्रमाणीकरण पूरा गरिसकेका १४ जनाका लागि डिजाइन गरिएको कार्यक्रम हो।
नोभेम्बर ४ देखि नोभेम्बर ९, (कार्तिक १९-२४) को लागि तय गरिएको लेभल-१ कोचिङ कोर्सले २० जना सहभागी हुनेंछन्।
यी दुबै पाठ्यक्रको नेतृत्व मार्केटा गर्नेछन्। उनी चेककी एक गतिशील र उच्च अनुभवी प्रशिक्षक हुन्। उनीसँगै बंगलादेशका निखिल चन्द्रधर र भुटानका दोर्जी क्रमशः लेभल २ र लेभल १ मा सहभागी हुनेछन्।
ओलम्पिक सोलिडारिटी अन्तर्राष्ट्रिय ओलम्पिक समिति द्वारा खेलकुद र खेलाडीहरूको विकास गर्न विश्वभरका राष्ट्रिय ओलम्पिक समितिहरूलाई सहयोग गर्ने उद्देश्यले गरिएको पहल हो। ओलम्पिक सोलिडारिटी लेभल-१ र लेभल-२ कोचिङ कोर्सहरूले नेपालको ब्याडमिन्टनको भविष्यमा दिगो प्रभाव पार्ने विश्वास गरिएको छ।