बागमती प्रदेश पहिलो खुला स्केट च्याम्पियनसिपको पुरुष स्केटको खेलमा बसन्त राई विजयी भएका छन्। उनले बोर्डमा आफ्नो कौशल र सिर्जनशीलता प्रदर्शन गर्दै १२ हजार पाँच समय रुपैयाँ पुरस्कार जिते।
सरदकुमार राई दोस्रो स्थान हासिल गरेर ६ हजार पुरस्कार पाए। तेस्रो भएका सरोज मगरले ४ हजार प्राप्त गरे भने विनोद कार्कीले चौथो स्थान हासिल गरेर २ हजार पाए।
उत्कृष्ट ट्रिकमा उशान आले मगर पहिलो भए। उनले पनि १२ हजार ५ सय पुरस्कार पाए। आफ्नो सरदकुमार राई दोस्रो र जीवन तामाङले तेस्रो भए।
महिलातर्फको गेम अफ स्केटमा पहिलो स्थानमा समीक्षा राई, दोस्रो स्थानमा समिरा राना मगर र तेस्रो स्थानमा अर्लिन लामा आउन सफल भए। तीनै जनाले जनही २५ सय पुरस्कार पाए।
रोलर स्केट रेसले अर्थ बोहराले पहिलो हुँदै २० हजार पुरस्कार जिते। राजन मगराती दोस्रो हुँदा विजय खनाल तेस्रो भए। उनीहरूले क्रमश १० हजार र ७ हजार पाँच समय पुरस्कार पाए। चौथो भएका सौहर्द श्रेष्ठले ५ हजार पुरस्कार जिते।
महिला रेसमा सन्ध्या आले मगर पहिलो हुँदै ५ हजार प्राप्त गरिन्। नयना शाक्य र तृष्णा थापा मगर दोरो र तेस्रो हुँदै ३ हजार र २ हजार पुरस्कारका जिते।
हाइ जम्पमा सोनम गुरुङ र जिग ज्यागमा सफल थापा मगर पहिलो हुँदै जनही २५ सय प्राप्त गरे। विशेष पहिचानमा गजेन्द्र बर्देवालाई स्केटबोर्डिङको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरियो। उनले ५ हजार पुरस्कार प्राप्त गरे।
च्याम्पियनसिप २०-२१ सेप्टेम्बरमा “हामी आशा गर्छौं कि यदि एक इन्जिनियरले स्केटबोर्ड वा रोलर स्केटलाई दैनिक गतिविधिहरूमा यातायातको रूपमा प्रयोग गरेमा क्याम्पसदेखि होस्टलसम्म १० मिनेट बचाउन सकिन्छ भने, यसले इन्जिनियरको चार वर्षको इन्जिनियरिङ अध्ययनमा ११ दिनको बचत गर्नेछ।“ भन्ने नारासहित आयोजना गरिएको थियो।
प्रतियोगिताले सबै प्रदेशबाट शीर्ष स्केटरलाई एकैस्थानमा ल्याउँदै विभिन्न स्पर्धामा रोमाञ्चक प्रदर्शनहरू भएका थिए। जसमा अत्यधिक अपेक्षित स्केटको खेल, उत्कृष्ट ट्रिक, र रोलर स्केट रेस समावेश थियो।
उत्कृष्ट ट्रिकका लागि राम चन्द्र कोइराला हेड जजका रूपमा र रोलर स्केटका सबै खेलहरूको लागि रोनित पुजारी, सुजीत देउला, राजु नेपाली र गजेन्द्र बर्देवा महिलाका खेलहरूको लागि जजको रूपमा रहेका थिए।
कार्यक्रमको आयोजक बाग्मती प्रदेश स्केटिङ र स्केटबोर्डिङ सघं थियो। सहआयोजकमा नेपाल स्केटिङ र स्केटबोर्डिङ सघं र नेपाल स्केट क्लब थिए।