नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन्।
उनी ओसीएको स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिटीको अध्यक्षमा पनि चिर्वाचित भए।
ओसीएको भारतीय राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपमा भएको ४४ औं साधारण सभामा अध्यक्ष श्रेष्ठ कार्यकारणी कमिटीको सदस्य तथा स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिटीको अध्यक्षमा चुनिएका हुन्।
त्यस साधार सभामा ओसीएको अध्यक्षमा राजा रणधीर सिंह पनि निर्वाचित भएका छन्।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले साधारण सभाको निर्वाचन मण्डलको सदस्यका रूपमा भूमिका निभाएका थिए।