प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेबलटेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएको छ।
अप्रिल १ तारिखदेखि सुरु हुने एक महिने प्रशिक्षणमा आशिष महता, विशाल थापा मगर र निश्चलराज वज्राचार्य सहभागी हुने छन्।
प्रशिक्षण चेओङ याङ प्रान्तको जिओङ सान मिडिल स्कुलमा हुनेछ ।
प्रशिक्षणपछि खेलाडीहरु सिओ जोङ सिटी ओपन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने छन्।
खेलाडीसँगै प्रशिक्षकका रुपमा सुनिल महर्जन पनि दक्षिण कोरिया जाँदै छन्।
टोलीलाई ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।