नेपाल एडभेन्चर रनिङ महासंघको चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुवँरको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगननाथ तिमल्सिना, मिरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायकजय मल्ल र टगतबहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योञ्जन रहेका छन् ।
शहदेव व्यञ्जन्कार, राजमान महर्जन, सुजितकुमार श्रीवास्तव, चन्द्रबहादुर थापा र प्रवीणकुमार महतो सदस्यमा चयन भए ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे।
सोमबारै बसेको महासंघको बैठकले चार पदाधिकारी र ५ सदस्य गरी ९ जना मनोनयन गरेको छ । राजन खत्री वरिष्ठ उपाध्यक्ष, होमराज खपाङ्गी मगर उपाध्यक्ष, रविन्द्र थापा सचिव र संगीता रोकाया सह–कोषाध्यक्षमा मनोनित भए । प्रीति खत्री, जगतसिंह धामी, सूर्य बुढाथोकी, डा. सुदिन महर्जन र बाबुराजा श्रेष्ठलाई सदस्यमा मनोनयन गरिएको छ ।