नेपालकी पलेशा गोवर्धन पेरिस पारालिम्पिक २०२४ का लागि छनोट भएकी छिन्।
चीनको ताइयाङमा भएको छनोटमा शीर्ष हुँदै पलेशाले के-४४ क्याटागोरीको महिला ५७ केजीमा सफलता हासिल गरेकी हुन्
पलेशाले फाइनलमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गर्दै ओलम्पिकमा स्थान पक्का गरिन्। पलेसाले आइतबार सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडीलाई करिमा मेलिकुजिएभालाई १८-२ ले हराएकी थिइन्।
ओलम्पिकमा छनोट जितेर पुग्ने पलेशा पहिलो पारा खेलाडी तथा तेस्रो नेपाली खेलाडी हुन्। यसअघि तेक्वान्दोबाटै दीपक विष्ट र संगिना बैद्यले छनोट जितेर ओलम्पिक खेलेका थिए।
पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन्।
पलेशाले टोकियो पारालिम्पिकमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। टोकियो २०२० पारालिम्पिकमा पलेशा ऐतिहासिक पदकबाट भने चुकेकी थिइन्।