तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्री एसियाली तेक्वान्दो युनियन (एटीयु) को क्याडेट कमिटीको सदस्यमा चयन भएका छन्।
एटीयुले तेक्वान्दो खेलको विकास र विस्तारमा पुर्याएको योगदान र सक्रियतालाई मूल्याँकन गरी सदस्यमा चयन गरेको खत्रीले जनाएका छन् । खत्री विगत ३२ वर्षदेखि तेक्वान्दोमा सक्रिय छन् ।
उनले दिलिप स्मृति तेक्वान्दो डोजाङ र विश्व निकेतनमा करिब १ सय खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । सदस्यमा चयन भएकोमा चेला÷चेलीले खत्रीलाई बधाइ दिदै सम्मान पनि गरे।
खत्रीका छोरा दिपेन्द्र, छोरी दिलिता र श्रीमति लक्ष्मी पनि तेक्वान्दो खेलाडी हुन् ।
दिलिप स्मृति तेक्वान्दो डोजाङ खत्रीले स्व. छोराको नाममा स्थापना हुन् । स्व. दिलिप पनि तेक्वान्दो खेलाडी थिए । उनको ९ वर्षअघि अल्पायुमा निधन भएको थियो । स्व. छोराकै स्मृतिमा खत्रीले वर्षेनी प्रतियोगिता पनि आयोजना गर्दै आएका छन् । प्रतियोगिताको सातौं संस्करण चैत २५ गतेदेखि सुरु हुँदै छ।