नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ।
उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन्।
भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले कास्य जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो।
समग्र टिममा भने नेपाल दोश्रो स्थानमा रह्यो। नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन्।
नेपाली टिमको व्यवस्थापक महेश थापा र प्रशिक्षक भिष्म थपलिया रहेका छन्।