नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष रतनकुमार टण्डनले मंगलबार अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने नेपाली टिमको बिदाइ गरेका छन् ।
नेपाली टिमको व्यवस्थापकमा स्वराज श्रेष्ठ र प्रशिक्षकमा सफल श्रेष्ठ रहेका छन्। यस्तै टिमका सदस्यमा दिनेशकुमार बोहरा, देबोरा तिमिल्सिना, लक्ष्मी राई र उज्ज्वल गिरी रहेका छन् ।
कमिटीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा उनीहरूले टिमको सफलताको कामना पनि गरे ।
फिस डेभलेपमेन्ट प्रोगामअन्तर्गत हुने अल्पाइन ट्रेनिङ क्याम्प चीनको जिलिन प्रान्तको बइदाहु स्कि रिसोर्टमा हुनेछ र यो फेब्रुअरी २८ देखि मार्च ८ सम्म आयोजना हुनेछ।
ट्रेनिङ क्याम्पपछि नेपाली टिमले बइदाहु स्की रिसोर्टमा हुने ३२ औं अल्पाइन स्कि च्याम्पिनसिपमा पनि सहभागी हुनेछ। कार्यक्रममा नेपाल स्कि संघका अन्य पदाधिकारीको पनि सहभागिता थियो।