एभरेस्ट तेक्वान्दो एकेडेमी क्यानडाले नेपालीका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई सम्मान गरेको छ।
एकेडेमीले आयोजना गरेको दोश्रो इटीए टेबलटेनिस प्रतियोगिताका दौरान नवीनलाई सम्मान गरिएको हो।
क्यानडाको भ्यानकुभरमा आयोजना भएको क्यानडा ओपन तेक्वान्डो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेपश्चात टोरोन्टो पुगेका नवीन सम्मानित भएका हुन्।
प्रशिक्षक नवीनलाई क्यानाडाको ब्राम्पटन सहरका मेयर प्याट्रिक ब्राउन तथा एभरेस्ट तेक्वान्दो एकेडेमीका सञ्चालक एवं अन्तर्राष्ट्रिय रेफ्री धीरेन्द्र शाहीले नेपाली तेक्वान्दो खेलकुदप्रति गरेको प्रशंसनीय योगदानको उच्च कदर गर्दै सम्मान गरेका थिए।
कार्यक्रममा एनआरएनए क्यानडा लगायतविभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपालका पूर्व तेक्वान्दो प्रशिक्षक एवं तेक्वान्दो खेलाडीहरूको उपस्थित रहेको थियो।